यता हेर्यो यतै मेरा नजर्मा राम प्यारा छन्
Jump to navigation
Jump to search
यता हेर्योँ यतै मेरा नजर्मा राम प्यारा छन्
उता हेर्योँ उतै मेरा नजर्मा राम प्यारा छन्।
यसो भन्छौ त फल्फुल्मा उसो भन्छौ त जल्थल्मा
जता हेर्योत उतै मेरा, नजर्मा राम प्यारा छन्।
त्रिलोक चौधै भुवन् माहाँ प्रभु प्यापक जहाँ ताहाँ
कहाँ सम्मन भनूँ याहाँ सबैमा राम प्यारा छन्।
रसीलो रामको नाउ भजन् तिन्को सधैं गाउ,
दरस्मो हर्बखत पाउ दयालू राम प्यारा छन्।
पियारा भै हरी मेरा सधैं मन्मा रहुन् डेरा,
सबै संसारले भन्छन् र मातीराम प्यारा छन्।
![]() |
This work was published before January 1, 1928, and is in the public domain worldwide because the author died at least 100 years ago. |