पान्थ-प्रबोध
बचन पनी कठिन अती, भयो र हे पान्थ ! गर्दछु विनति ।
उठ करुणासाथ तिमी हटाइद्यौ भार चेरके जुलुमी ।।१।।
वि-ष-(स) मय-मा-रणकारी विषम-शराघात लागदा भारी ।
व्याकुल भो हृदय अति पायिन म अनाथले सहाय रती ।।२।।
खोल तिमी अब नैनm वरपर सब हेर चोरको चैन ।
पथिक ! फसें मायामा, हाय! अचानक म एकली रामा ।।३।।
मकन भयो अर्ति धामा विषम शराघात परदामा ।
कुन देला-र-स-हाय तिमी विना क्षीण भै शक्यो काय ।।४।।
बुढिया सासू बहिरी, पति परदेशी म एकली विचरी ।
मन-परि भै गो भरमा गुहा-र कोही दिंदैन यो निशिमा ।।५।।
वर-पर कोही नहुँदा प्र-काम चोर व्यथा परदा ।
घृति छाडयो सब मनले हरे-स-खा-यो कती भनूँ अहिले ।।६।।
उच्च पयोधर भारी रात अँध्यारो म एकली नारी ।
करुणा तिम्रो नपरी यस्तो यो मार टारने कसरी ।।७।।
बन्द छ अरुको नैन, खलबल कत्ती पनि छैन ।
भन तिमि नै दिलदार ! कसरि उसै टर्छ यो मार ।।८।।
मुखकर सुवर्ण सारा यसै विलायो भयें निराधारा ।
अब कुन कृत्य उपाय हो-स-ह-वासै हुँदैन की हाय ।।९।।
पल पल हा रमणीके दुर्गति यस्तो हुँदा पनी ननिको ।
किन यसरी चुपचाप पान्थ रहन्छौ हटाइद्यौ ताप ।।१०।।
पैरहा चलेर जाँदा मनमा सुर्ता परयो ज्यादा ।
पक्का रहन्न बाला पथिक नपाये कृपा-ताला ।।११।।
भवन छ यो जन-हीन म-त-रुन बाहेक जान्दीन ।
पथिक ! तिमी उठ जाग, समयोचित काममा लाग ।।१२।।
मर्म-निवेदन सारा बुझेर वर्षाउँदै कृपा-धारा ।
वन तिमि पान्थ ! चनाखा, दौडाऊ गोल-मालमा आँखा ।।१३।।
धोकामा पर-न-गये पथिक ! अलङ्कार सय ज्ञान ।
अब अरु भन्दिन केही, लगाउ चाँडो गरी यता ध्यान ।।१४।।
यो सब अपूर्व बोली सुनेर आँखा दुवै खोली ।
पान्थ उठीकन वान बोल्दछ एक दयासाथ ।।१५।।
उठ्नै भयेछ देरी हा-लत तिम्रो नवानदा खेरी ।
कमर कसें अबलाई हटाइदिन्छु अवश्य म बलाई ।।१६।।
This work is first published on Nepal and is now in the public domain because its copyright protection has expired by virtue of the Copyright Act, 2059 (2002). The work meets one of the following criteria:
|