पादुका-दान

From Wikisource
Jump to navigation Jump to search
पादुका-दान
by भानुभक्त आचार्य

तहाँ सीताराम्का चरणतलमा शिर् पनि धरी ।
अयोध्यै लैजान्छू भनिकन ठुलो मन्सुब गरी ॥
भरत् बिन्ती गर्छन् किन रघुपते ! आज वनमा ।
हजूरले प्रायाको मकन अति ताप् हुन्छ मनमा ॥९३॥

ख्वामित् हजूरको म त दास पो हूँ।
यो राज्य गर्नाकन योग्य को हूँ ॥
यो गादि ता याहि हजूरको हो ।
मैले त सेवा गरि बस्न पो हो ॥९४॥

छोरा हुनन् यज्ञ बहुत् गरीनन् ।
सम्पूर्ण लोक्को पनि ताप् हरीनन् ।
तब् पो ति छोरासित राज्य छाडी।
जानू असल् हो त छदैछ झाडी ॥९५॥

वेला त यो होइन जान वनमा ।
मेरा त यै निश्चय हुन्छ मनमा ॥
जानौं घरे कि सधाइजावस ।
मेरी यि मातासित रिस् नावस् ॥९६॥

यस्ता प्रकारले गरि बिन्ति गर्दै ।
आँखाभरी आँसु बहूत धर्दै ॥
रोया भरत्ले जब पाउमा गै ।
बोल्या प्रभूले पनि खूसि मन् भै ॥९७॥

हे भाइ ! गछौं किन आज जिद्दी ।
फिर्नू असल् छैन र काम नसिद्धी ॥
जान्छू म वनमा तिमि फर्किजाऊ ।
यस् राज्यको काम् तिमिले चलाऊ ॥९८॥

राम्‌ले वनै गै मुनिभेष धर्नेू ।
याही भरतले बसि राज्य गर्नेू ॥
भन्न्या पिताको जब सुन्न पायां ।
आज्ञा उसैले वन जान पायाँ ॥९९॥

यो बात् भरत्ले जब सुन्न पाया ।
फेरी चरणमा परि बिन्ति लाया ॥
हे नाथ् ! पिता हुन् मतिहीन भयाका ।
स्त्रीका त सारै वशमा पन्याका ॥१००॥

उन्ले भन्याच्या पनि राज्य छाडी ।
जानू असल् होइन आज झाडी ॥
ख्वामित् बहुत बिन्ति छ फीक जाऊं ।
फकिन्न भन्न्या त जवाफ नपाऊँ ॥१०१॥

यस्तो भरतले जब जिद्दि लीया ।
उत्तर प्रभुले पनि फेरि दीया ॥
फर्कन्न भैया तिमि फर्किजाऊ ।
पिताजिलाई पनि दोष नलाऊ ॥१०२॥

खुप सत्यवादी त पिताजि थीया ।
साँचै हुनाले वरदान दीया ॥
सो पूर्ण गर्नाकन जान्छु वनमा ।
साँचो कुरा हो बुझिलेउ मन्मा ॥१०३॥

उत्तर प्रभूको सुनि दुःख मान्या ।
फेरी चरणमा परि बिन्ति लाया ॥
फिर्नू हवस् ख्वामित ! बिन्ति गर्छ ।
 यस् दण्डकारण्यविष म जान्छु ॥१०४॥

यस्तो हुकुम् भो तिमि फर्क भाई ।
फेरी हुकूम् भो तिमि फर्क भाई ॥
यो राज्य साटया पनि हुन्छ झूटो ।
हे भाइ ! गछौं किन आज भूटो ॥१०५॥

हुकुम यस्तो सूनी भरत पनि राम्‌का चरणमा।
परी बिन्ती गर्छन् म त रघुपते शरणमा ॥
चरणबाहिक एक छिन रहन पनि ताप हुन्छ मनमा ।
नफर्क्या ख्वामितका पछि पछि म ता जान्छु वनमा ॥१०६॥

न ता फर्की जान्या न त मकन लान्या बन पनि ।
भन्या महू ख्वामित् ! अब परु कुरा केहि नभनी ।
भनी आसन् बांधी जब मरंमा निश्चय धन्य ।
खुशी भै श्रीरामले पनि अति दयालू मन गया ॥१०७॥

दिया सूचन् राम्‌ले गुरुकन बुझाऊ तिमि भनि ।
गुरुले एकान्तै लगिकन भरतजीकन पनि ॥
बुझाया बात् खोलीकन सुन यि जो हुन् रघुपति ।
जगन्नाथ् साक्षात् हुन् त्रिभुवन पतीका अधिपति ॥१०८॥

अघी ब्रह्माजीले सकल भुमिको भार हर भनी ।
स्तुती गर्दा खुस् भै सुन म हरुँला भार् पनि भनी ॥
भन्या हुनाले नै उहि वचन पालन गरु भनी ।
 प्रभू जान्छन् वनमा पछि त सुन फिर्छन् घर पनि ॥१०९॥

प्रभूकै इच्छा हो नतर कसरी ककयि पनि ।
वनै जाउन् भन्छिन् प्रभुकन रतीतुल्य नगनी ॥
कुरा यस्तो जानी नगर तिमि यो आग्रह यहाँ ।
भुमीको भार टारीफन पछि त जान्छन् प्रभु कहाँ ।।११०॥

रावण मारि उतारि भारि भुमिको फिर्छन् जगन्नाथ् भनी ।।
यस्ता हुन् रघुनाथ् भनेर गुरुले खोलेर गुह्ये पनि ॥
सन् विस्तार गरीदिया र गुरुका वाणी सुनी खुस् भया ।
फानन् रघुनाथ् भनी मन बुझ्यो राम्का नजिकमा गया॥१११॥

हे नाथ् । तत्त्व सुन्या म फिर्छु अब ता जान्छु अयोध्यामहाँ ।
पूजा गर्न दिनुहवस् हजुरका एक जोर खराऊ यहाँ ॥
यस्तो बिन्ति गरी प्रणाम् वरिपरी घुम्दै भरतले गर्‌या ।
आफ्ना साफि खराउ दी प्रभुजिले सब ताप् भरत्‌को हर्‌या ।।११२॥

This work was published before January 1, 1929, and is in the public domain worldwide because the author died at least 100 years ago.

Public domainPublic domainfalsefalse