Jump to content

उदयलहरी

From Wikisource
उदयलहरी
by ज्ञानदिल दास
297013उदयलहरीज्ञानदिल दास

श्रीगणेशायनमः
श्रीगुरु गणपति बुद्धि का दाता॥
गायत्री सावित्री सरस्वती माता ॥
धन्ये ही सरस्वती जगदम्बी माई॥
अष्ट सिद्धि देउन गरिप्‌जनलाई ॥१॥

धन्ये भावीले लेपिदियो पूर्व कमाई॥
प्रणाम लगाऊँ चरण समाई॥
हरिजिउका चरणमा रखवाल रहन्छु॥
उदयलहरी सूस्म (क्ष्म) कहन्छु ॥२॥

बडो मता छुइन सबको दासी॥
भिछुक को जन्म सदा बनवासी॥
जंगलको बास छ फलाहार सिस्नु॥
नित्तेदिन सुमेर्नु परम्पद बिस्नु ॥३॥

जो छौ दया धारी मुष्टी दान देउला॥
साधुको धर्म लुटि लुटि लेउला॥
छोटा बड़ा भूपति अम्मरी सून॥
तर्ने राहा कुन हो मनमा गून ॥४॥

सबै कहुँ भन्या कहनु हुँदैन॥
बिना ब्रह्मज्ञानले पाप धुँदैन॥
साधुको सेवाले चाँदै तरौला॥
दया धर्म छाडिदिया नर्कमा परौला ॥५॥

ब्रह्मज्ञान तत्त्य सुस्ममा रह्याको॥
ब्रह्म आदि रिषि मुनि सब तरि गयाको॥
सरगुन पुरान पण्डितादि पर्छन्॥
सुस्मले हुने थियो धेरै धन्दा गर्छन् ॥६॥

चार वेद पुरान पण्डितादि पर्छन्॥
लोभका नदीमा सदादिन् बहन्छन्॥
पण्डित मनिजन धेरै बाढा लाउँ छन्॥
न्येराको चीज दूर बताउँ छन्॥७॥

पाठ पूजा न्यास सदा दिन गर्छन्॥
सुस्मा बिचार बिना को कहाँ तर्छन्॥
सुस्मा सहजमा कोहि मुनि पेल्छन्॥
दिन दिन यस लाइ परपरै ठेल्छन्॥८॥

दया धर्म भगतमा जो किला गर्छन्॥
तेस्ता देखि यमराज पर पर भाग्छन्॥
थिर छैन मनमा दया छ काँहाँ॥
पापको रजाइ देष नरलोक माहा॥९॥

के गर्छौ नर हो जन्म बित्न लाग्यो॥
पापले जिति सक्यो दया छेमा भाग्यो॥
छोटा बड़ा जति छन् धनै मात्र भन्छन्॥
धर्म जलाउ पोली पाप तलाउ षन्छन् ॥१०॥

धन जन भन्छन् देवीमाई भाक्छन्॥
पशुप्पात भयो भन्या धर्म काहाँ राष्‍छन्॥
गरिप्‍मारा पशुघात जो कोही गार्छन्॥
नर्क तलाउ भासमा सहजगै पार्छन्॥११॥

देवीमाई पत्थर जो पूजि षान्छन्॥
सतलोक धाममा ती काँहाँ जान्छन्॥
धामा विन सतलोक जमुनाका तीर॥
लोभ पाप छोडी हरी तिर फीर॥१२॥

दया राष मनमा धर्म लेउ हात॥
सदादिन रहनु भक्तिजनका साथ॥
जो कोहि साध र सदादिन धाउला॥
विष रस छोडी अम्बी रस पाउला ॥१३॥

नरमा भक्तिजन्‍लाई जो हेला गर्छ॥
वषती मिल्दैन नर्क तलाउ पर्छ॥
गरिप् देष्‌छन् नरमा मान्दैनन् चीज॥
देष्‍नामा गरिपछ परम्पदको बीज॥१४॥

साधुको साधना सहज सितलो॥
थला बसि हानु भने धनु छ फितलो॥
मायाको धनु छ शब्दको बान॥
अगाडि दिँदैन तमोगुन्‍ले जाँन॥१५॥

धर्मको ढाल बाँधि शब्दको सेली॥
सिलको बानले तमोगुन ठेली॥
तम रज मारी सतगुन्‌ जगाउ॥
सहज आनन्दमा सुरथ लगाउ॥१६॥

कमल आसन् चाँधी सुरथ रहयाको॥
मनासिप्‌ले होइन गुरुले कह्याको ॥
श्री गुरू भन्याका गुनका भारी॥
काम क्रोध लोभ सबै दिया जारी ॥१७॥

दस ओटा लकडी धुनि जगाया॥
अनहद्‍को षलाती सुस्म डोरि पाया॥
मनप्राण पैँची धुनि जगाया॥
मुक्ति पदारथ ताँहि नेर पाया॥१८॥

ईडा र पिंगला सुस्म बहन्छन्॥
सुस्मनाको भेद विरले कहन्छन्॥
सुमेरूका उपर सतलोक घाम॥
सुन्दर महलमा यकलै राम॥१९॥

सिरमा मुकुट हृदया कि माला॥
हातमा सुमेर्नी जपे कृष्ण बाला॥
सेतो रक्त पिताम्बर अनन्त भयाको॥
भक्ति जन्‌का साथमा षड़ा रह्याको॥२०॥

उँधो गयो मती उँभो कसैले देखतैन॥
गर्ने भन्ने पुरुषलाई कसैले छेक्‌दैन॥
काम क्रोध लोभमा सबै चित्त लाउने॥
परम्पद को गम कोहि नपाउने ॥२१॥

परम्पद भनेको अगम अपार॥
कथन भनौला सुस्मनाको सार॥
छोटा बडा जतिछन् तिर्थमात्र धाउँछन्॥
घरै बसी जोगिजन तिने लोक पाउँछन्॥२२॥

तिन लोक उपर सिद्ध तलाउ जाँहाँ॥
मनमैलो धोइ सुद्ध गर्नु ताँहाँ॥
कलचुडो मन सेतो केले नाँहीँ॥
पलकमा षेल्छ स्वर्ग मर्त्ये माँही ॥२३॥

थिरछैन मनमा फलकमा पुग्छ॥
काम क्रोध लोभमा फर्काइकन हुन्छ॥
काम क्रोध लोभ भक्तिजन्‌का बैरी॥
मनरूपी मृगका भक्ति फिर्‌यो ऐरी॥४॥

शब्दको गोली रंजक चढाऊ॥
सिलका बानले तम गुन लडाऊ॥
काम कोष लोभमा तिनै बिर जान॥
धुकचुक नगरी सिधा गरि दाँन॥२५॥

हदयाका बिचमा परम्पद षेल्छ॥
तोडि नसक्नु मायाको झेल्छ॥
परम्पद भनेको पाउनु छ काहाँ॥
षोसनु नहुने बुझ जाँहाँ ताँहाँ॥२६॥

नरमा सत्ते थियो परम्पदको बीज॥
विषले पेट भरे मान्दैनन् चीज।
परम्पद्‌को बीज भभक्तिजनले लीया॥
काम क्रोध लोभ हरन् गरि दीया ॥२७॥

जल थल अनल प्रमुजीको पेवा॥
अष्टैप्रहर भक्तिजन्‌को दण्डवत सेवा॥
भक्तिजन भन्याका बड़ा मुनिजन॥
सेवा गर्न दिँदैन चंचल मना॥२८॥

तिनैलोक पुज्जेमान भक्तिजन थीया॥
नरको धर्मलुटी झोलि थापि लीया॥
नरलाई भक्तिजन बड़ो बेथा भयो।
हरि हरि भन्दै परम्घाम गयो ॥२९॥

परम पदास्य उपदेश पाया॥
निते दिन आत्मामा सुरथ लगाया॥
आत्मा अगोचर आगमले षेल्छ॥
गम गरू भने तम गुन्‍ले ठेल्छ॥३०॥

सत रज तमको महाँ जुद्ध भयो॥
सतको अर्जिली तम गुन गयो॥
निसापी बिचारी निसाप् हेरिदेऊ॥
सतगुनी निर्धाको सरन् अब लेऊ॥३१॥

अहन बज्‍र्यो यो धनिको फिर्‌यो जगमाँहाँ॥
घुस्याहा बिचारी निसाप हे काँहाँ॥
रजोगुनी दोधारे दुई तिर लग्छ॥
सिधा निसाप् गरी भने पछि सरिभाग्छ॥३२॥

घुस्याहा बिचारी जगतमा फिर्छन॥
धनभन्न्या साधु जानि जानि गिर्छन्॥
धन जन भन्याको धन्दा बडो भारी।
जाहाज नचल्न्या भवजल पारी ॥३३॥

भवसागर नदिया गहिरी गम्भीर्॥
यकै फडको तरिजाउ जमुनाका तीर॥
गंगा र जमुना त्रिवेनी न्यारै॥
गुरू सेवा छोडी धन षोज्छ धेरै॥३४॥

धनीको धन छ गति न पती॥
घेरे तुल्याउँ भन्छ जत्तिको तती॥
धेरै कमाउँ भनी रात दिन धाउँछ॥
कर्ममा नभया को काँहाँ पाउँछ॥३५॥

धन जन भिन्दै गाउं व्याँसि गर्छ॥
लागछ रिंगटा भडषालामा पार्छ॥
काम र किसान धन्दा धेरै गर्छ॥
लाउन षान नपाई अकालैमा मर्छ ॥३६॥

नरमा क्यान हो दिन बिताउनु॥
साँचो र सत्य धर्म यैहो चिताउनु॥
धर्मका दृष्टिले धन जन पाउँछ॥
दिन बित्त्या पछि चैतन्य आउँछ॥३७॥

बाल अवस्थामा षेली गुमाउँछ॥
जमान भयापछि धेरै बाढा लाउँछ॥
जमान जोधाहामा विष रस षान्छ॥
वृद्ध भयापछि को निको मान्छ॥३८॥

यस्तो छ नरमा चैतन्ने राष॥
सुष्ष षोजन्या भया सतगुरू भाष॥
सतगुरू भन्याका सबैका साजे॥
सेवा गर्ण दिँदैन सधैँ गाजेमाजे॥३९||

इष्ट मित्र दाजु भाई कुल्कुटुम्ब जती||
ई सब देष साउनको राती||
पुत्र परिवार इष्ट नाही मेरा॥
ईसब देष पापको घेरा ||४०||

सुर नर मुनि सब यसै गरि सूझ॥
होकि होइन तैपनि गमगार बूझ॥
यो बुझि मुनि हो कोहि मुनि भूले॥
ब्रह्मनानि जतिको सय नजर षूले॥४१॥

विप्र भिषारी दुषितलाई दान॥
परंपदको राहा यसै गरि जान॥
नरमा नारायण छ थलामा जल्‌छ॥
पापको अग्नी संसारमा बल्छ॥४२॥
 
ज्ञानी जति जो जो छन् परै मात्र धाउँछन्॥
हृदयका राम याँहाँ काँहाँ पाउछन्॥
जिम्मा बसे सरस्वती सिष बसे हरी।।
तेत्तिस कोटी देवता नष सिष भरी ॥४३॥

ब्रह्मालाई उतपती विष्णुलाई रच्छे॥
सिवलाई दिया सदा सर्व भच्छे॥
हुकुम्भयो धनिको जगतमा आई॥
रजाई चलाया माया अधिलाई ॥४४॥
 
धन्ये हुन माता जगदम्बि माई॥
सनातन गरछिन् छोटा बडालाई॥
जोछौ भाग्गेमानी भक्ति सरन् परे॥
विस्कुन उन्टिन्छ घर धन्दा गरे ॥४५॥

अइले छ कि भरे छ भोलि छ मर्नु॥
कच्चा माटीको छाला क्यान छ तर्नु॥
पाउनु छ दुर्लभ मनुसेको चोला॥
यो जन्म वित्या पछि फिरि कसोहोला॥४६॥

पलकमा जन्मन्छ पालकमा मार्छ॥
थोडा दिन जीव पनी अहंकार गर्छ॥
अहंकार गरने मनुषेको बानी॥
कलीजुग भन्छ धर्म गर्छु हानी॥४७॥

सत्ते त्रिता द्वापर कलीयुग लाग्यो॥
दया धर्म जति सबै पर पर भाग्यो॥
दया छैन मनमा धर्म छ काँहाँ॥
कल्याहा र क्रोधी कलिजुग माँहाँ ॥४८॥

कलीमा कलले व्याप्त गर्ने छ॥
सत्तेवादी जतिको छाला तरने छ॥
बुढाछोडि बाला चाँडै मर्ने छन्॥
धनीको धन पनि सबै हरने छन्॥४९॥

बाबु छोरा कल गरी अकालै मरन्याछन्॥
सासुको जगटा बुवारी छर्न्याछन्॥
दाजु बैनी दिदी भाई साधी गर्न्याछन्॥
ब्रम्हाको वेद सुध्र पर न्याछन्॥५०॥

हिंसाहारी ब्रह्मा जोछन् षोज गरदै नन्॥
चारवेद परे पनी पार तरदैनन्॥
छेदन्ने हिंसाहारी राक्षेसी कर्म॥
छेदन्ने भयो भन्या क्या रह्यो धर्म॥५१॥

पसुघाति जति छन् ब्रह्माका जाती॥
गुहेलाका फुल विलाउनिका पाती॥
ब्रह्मा हुँ भन्न्या ब्रह्म नचिन्न्या॥
बैलि बाख्री कताछन् षसि षोजी किन्न्या॥५२॥
 
छेदन्ने धागडको पकाइ हालुं रक्ती॥
तेस्तै कन भन्नु यमराजको भक्ती॥
प्रातै उठी समाधी पसुघात पूजा॥
वैइकुन्ट जान लाग्या आधाबाटो कूजा॥५३॥

भासामा बाष्री छन् धोतिपाटा फेर्छन्॥
सुझन बुझ उसै वकवात गर्छन्॥
तेस्वो होइन मुनिहो विन्ती लागोस मेरो॥
मिलि जुलि काटौं चौरासीको फेरो॥५४॥

निन्दा गर्‌यो भनौला चेतन्ने दियाको॥
सतगुरू कृपाले अम्रित पियाको॥
अम्रित रस छोडि विष रस षान्छन्॥
सहजमा तिनै नर्कान्तमा जान्छन्॥५५॥

धन्ने दया गुरूको कृपा भनी जान॥
अम्रितै हो घन्न्या निश्चये मान॥
जानी जानी आफै नर्क तलाउ जान्छन्॥
सुझन बुझ भक्ति जनलाई भन्छन्।५६॥

भक्तिजनको दर्सन पाउनुछ काँहाँ॥
कल्याहा र क्रोधीछन् कलीयुग माँहाँ॥
भाग्गे होला ज जस्कों दरिसन पाउला॥
अधि लागे भक्तिजन पछि पछि आउला॥५७॥

तुलसी र वेदको जो निन्दा गर्छ॥
ब्रह्मलोक छोडि जेमलोक सर्छ॥
ब्रह्मबोलाबाट धेर निन्दा भयो॥
पापीको अर्जिली भक्तिजन गयो॥५८॥

हजुरमा भक्तिजन्‌ले अर्जि चढाउँछन्॥
नर्क तलाउमा बाँधी लडाउँछन्॥
नर्क तलाउदेषी थलो फेरदैनन्॥
भक्ति निन्दा गर्नेको निसाप हेर्दैनन्॥६९॥

चेतराष मनमा निन्दा छाडि देउ॥
मिलाप गरिबस तिन भक्ति छेउ॥
धनीबाट ताला कुची मेहेर भई पायो॥
संसार चेताउन भक्तिजन आयो ॥६०॥

चेत्तैन दुनियाँ कति धन्दा गर्नु॥
हरिविना जन्म अकालै छ मर्नु ॥
अर्जि पुगे सबको सतलोक माँहाँ॥
भन्दा नसुन्ने ऑषा देष्‌छन् काँहाँ॥६१॥

ब्रह्म छेत्री वैसे सुद्र सबै थिया ताँहाँ॥
आफ्नु आफ्नु कर्म बाँडी दिया ताँहाँ॥
ब्रह्मालाई समाधी छेत्रीलाई नीञा॥
गोठ र घर वेपार वैसेलाई दीया॥६२॥

तीन जातको सेवा सुद्रले गर्नु॥
बाँडीयेको कर्म गरी सबैले छ तर्नु ॥
हुकुम भयो धनीको आफ्नुकर्म गर्नु॥
विप्रले दीय डेषी हलो माथी धर्नु ॥६३॥

दसराजा जिती आउनु छेत्रीलाई थीयो॥
धनजन धन्दाले बाटा थुनि दीयो॥
बैसेले किसान गरी वर्षैदीनमा आउनु॥
जाचक पठाउँदा त्यो काँहाँ पाउनु ॥६४॥

सुद्रले सेवागर्नु तिनै जातको थियो॥
आफ्नु कर्म छोडी ब्रह्म ग्यान लीयो॥
ब्रह्म ग्यान लियो र मद घेरै पीयो॥
जगतमा ब्रह्मग्यान सस्तो गरि दीयो ॥६५॥

चारे जातकों अर्जि पुग्यो धनीका ढोकामा॥
ब्रह्मज्ञान दि सक्यो धनका पोकामा॥
सुद्र साधु जति छन् धेरै धन भन्छन्॥
कन्‌ठी धारं गर्दा पचास् रूपञा गन्छन्॥६६॥

अमोलका चीजको मोल गर्ने कस्तो॥
वलाले लेष्‌छ जस्ताको तस्तो॥
मोल नगर्नु अमोलको चीज ॥
वेपार गर्न्या होइन परम्पद्को बीज॥६७॥

कन्‌ठी घारी धाम बनाई रूपिञा कमाउं छन्॥
सत्त्वगुण छोडी तमोगुण समाउं छन्॥
तमोगुण भन्याको निन्दा घरै गर्न्या ॥
तस्तैकन भन्छन् चौरासीमा पार्न्या ॥६८॥

तमगुण छोडी सत्व गुण समाउ॥
संगत मिलिज्युलि मतो जमाउ॥
यक मतो भयो भन्या परंपद पाउला॥
मतो फुट्यो भन्या सबै नर्क तलाउ जाउला॥६९।।

गरिप् ब्रह्मचोलाको निन्दा नगर्नु ॥
सतको हतियार्‌ली तमसंग लडनु॥
निन्दा गर्‌यो भनौला ढोकामा भयाको॥
सहस्र रिषि मुनि सब बसी कह्‌याको ॥७०॥

रिषिमुनि वरिपरि मद्धेमा धाम॥
पैचान गर्दछन् हृदयाको राम॥
चन्द्र र सुर्जे झिलि मिलि तारा॥
झलमल मोति जोति उज्याला ॥७१॥
 
पण्डितादि जतिछन् जोतिष् जोतिष् भन्छन्॥
प्रात सही लग्न तिथिवार गन्छन्॥
जोतिषी भन्छन् जोतिष बडो ज्ञान॥
प्रातै उठी सुमेरण ग्रहको ध्यान ||७२॥
 
पंचांग वर्षाफल चिना चिटठा लेष्‌छन्॥
पात्रामा नभमा आंषा काँहाँ देष्‌छन्॥
ग्रह गोचरफो जाप गर भन्छन्॥
सुझ न बुझ अग्ला मात्रै गन्छन् ||७३॥

ग्रह देषि दोसरो कसैले मानेन॥
ग्रहको पिताकन जोतिष्‌ले जानेन॥
ग्रहका पिता जो छन् दिक्‌पाल रह्याका॥
तपि मुनि भक्तिले आदि कह्याका ||७४॥

क्यागर्छौ जोतिषी हो अभागे तालो॥
देष्‌छौ ताभन्छौ नजर्माथि जालो॥
जालोछ नजर्माथि आंषा देष्‌छन् कांहां॥
बडाहुँ हामी भन्छन् नरलोक मांहां ॥७५॥

चारै जुग तिथि बार्ले यसै गरी पाइनान्॥
ग्रह गोचर लेषि लेषि दिन विताउंछन्॥
सुर्जे सिद्धान्तिले जोतिष् बनाउंछन्॥
सोझो राहा छोडी जंगल तिर धाउंछन् ॥७६॥

ग्रहका पिता नचिनी जेमलोक जानान्॥
आफ्नुकर्म छोडी निमेक गरि षान्छन्॥
सत्ताइस नक्षेत्र अटाइस योग भन्छन्॥
पञ्चांग पात्रा वर्षे पिछे लेष्‌छन्॥७७॥

जोतिषले मुक्ति कैले हुन्थ्यो काँहाँ॥
सह्यारी नसकनु चारै जुग माँहाँ॥
ग्रहहरू कता छन् चाँडै गरि षोज॥
सुद्धिबुद्धि नपाया भक्ति जनलाइ सोध॥७८॥

चतुराइँले नहुन्या मिल्दैन थाहा॥
भक्तिजनले लीयो अजम्बको राहा॥
धन्ने हो जोतिषी तिनलोक देष्‌छन्।
जेमका दुतले घुमि घुमि छेक्‌छन्॥७९॥

भक्तिजन भन्याका नितं कर्म गर्न्या॥
जेमलोक छाडी सतलोक सर्न्या॥
भक्तिका छेउ गया आफ्नु गति पाउला॥
जेमलोक छाडी सतलोक जाउला ॥८०||

भक्तिजन्‌को निन्दा कसैले नगर्नु॥
सबैले पर्न्याछ जेमलोक तर्नु॥
भक्तजन सित गुरु शशिधर स्वामी॥
पषालो मन ढकमन जामी ॥ ८१||

धनीछन् शिरमा मनासिप होइन॥
भक्तिजन्‌का हृदयामा पापकति छैन॥
रात दिन पाप अमित झै षान्छन्॥
सराप दिया आसिकै झैँ मान्छन्॥८२॥

सिरमा धनीछन् सतगुरू स्वामी।
पाप कुटि सक्या मुस्लो छामि-छामी॥
सन्सारको पाप षल गरि षान्छन्।
सतलोक धाममा हासि षेलि जान्छन्॥८३॥

नरले देषता विष सरि मान्छन्॥
सतको निसान षडा गरि जान्छन्॥
ऐसा थियो परंपद भुलि मात्रै बस्न्या॥
कलह गर्नु भन्दा कम्मर अघि करन्या॥८४॥

कलह भन्याको जेमराजको बीज॥
चन्चल मनलाई आसन् मुनि थीच॥
रातदिन टहल भक्तिजन्‌का पाउ॥
चन्चल छोडि येकै चित्त लाउ॥८५॥

येकै चित्त लाउनु दुर्लभ छ काँहाँ ॥
भक्तिजनको पालो फिर्‌यो जग माँहाँ॥
पापको रजाई अबछैन काँहाँ॥
होसियार रहनु कलिजुग माँहाँ॥८६॥

ऐले छ कि भरेछ भोलि छ मर्नु॥
जानि जानि पाप व्याथै किन गर्नु ॥
येकै चित्तलाई चाँडै अघि सर्नु॥
सतको हतियार्ली तम सित लर्नु ॥८७॥

गंगा र जमुना अगम अपार॥
चारवेद गीता वेदान्तको सार॥
सतगुरु स्वामी शशिधर जाहाँ॥
सतको निसान् फिरधी जग माहाँ॥८८॥

ज्ञानदिल जाग्यो आफ्ना कुलमाँहाँ॥
विष सरि भयो कुल कुटुम्ब काँहाँ॥
धन्येहौ मुनिसब निन्दा किन गर्छौ॥
अन्तेकालमाँहाँ ताहि पिछा पर्छौ॥८९॥

हुकुम भयो धनिको जगतमा आयो॥
जोगको रजाई उसै दिन पायो॥
चारजुगदेषि फकिर भयाको॥
लोभ पाप छोडि रातमा रह्याको॥९०॥

संगत जति छन् साथमा रहन्छन्॥
सतगुरू स्वामी परंपद कहिन्छन्॥
सुरथ लगाउ सुन सब भाई॥
कलिमा दर्सन् छैन ब्रम्ह चोलालाई॥९१॥

कालिका ब्रम्ह जति सतमा गिर्‌याका॥
दसै काम छोडी क्रोधमा फिर्‌याका॥
ब्रह्माचोला जति छन् बडो निन्दा गर्न्या॥
हलो छ पियारो बेद न पर्न्या॥९२॥

भक्ति निन्दा छोडि आफ्नु कर्म गर्नु॥
दस कर्म छोडि हलो माथि धर्नु॥
काँधमा हलोजुवा गोरू छन् काँहाँ॥
वडा हुँ हामी भन्छन् नरलोक माँहाँ॥९३॥

वेद परे पनि मुक्ति काँहाँ पाउँछन्॥
छ डोरा जनै पनि व्यार्थ किन लाउँछन्॥
ब्रम्हचोला जति छन् निन्दै पछि लाग्छन्॥
सतलोक धाम देषि परपरे भाग्छन्॥९४॥

ब्रह्मबाट सत्ते गिर्‌यो कलि जुग माँहाँ
कलिका ब्रह्म जति साउनका राती॥
भक्तिजनले पायो झलमल बाती ॥९५॥

सराप् पर्‌यो ब्रम्हलाई कलिका बाहुन्॥
भन्दा नसुन्ने जतासुकै जाउन्॥
निन्दा गर्‌यो भनौला निन्दा कैले हुन्थ्यो॥
सत्तेवादी ब्रम्हलाई पापले किन छुन्थ्यो॥९६॥

गुरु कृपा नाउँ छ ज्ञानदिल दास॥
सबैले गर्नु परंपदका आस॥
सिरमा धनी छन् सतगुरु स्वामी॥
धनीका सामुन्न्ये लडिकै छौँ हामी॥९७॥

चार युग शशिधरले भक्ति गरि आया॥
भाग्गेमानी जतिले हिरारत्न पाया॥
भक्तिजन जतिले सुरथ लगाया॥
आफ्ना भक्ति जति छन् गर्छन् सहाय॥९८॥

गर्न सक्‌ने पुरुषलाई सिद्धि पनि दिन्छन्॥
क्रोधी पापी जतिको हुरमत लिन्छन्॥
अहंकारी पापी अब कस्व गर्छौ॥
दयाछैन मनमा कस्व गरी तर्छौ॥९९॥

दया विना पापले जन्म हुन्छ फेरी॥
स्व बुझी ज्ञानदिलले बाँध्यो फकिरी॥
धनीका घरमा सुनमिल्यो तोला॥
बाँधियो फकिरी अब जस्व होला॥१००॥

भक्तिजन जति छन् मनका सिकारी॥
छाति षोली फिर्‌यो ज्ञानदिल भिकारी॥
भक्तिजन भनेका भिषै मागी खान्छन्॥
पुर्पुरो कन्याउँदै भित्र तिरै जान्छन्॥१०१॥

धर्म गर्नु भन्दा विषै सरी मान्छन्॥
मीठो चोषो बनाई आफै मात्र षान्छन्॥
मुष्ठिदान नगरी कस्व गरि तर्छौ॥१०२॥

यस्ता भक्तजनले कस्व गरी तार्छन्॥
सातकुल तिनले चौराशिमा पार्छन्॥
दयागर्नु सबैले दियाको पाउला॥
दया बिना जाउला बासै काँहाँ पाउला॥१०३॥

कस्तो साधु भनौला चेतन्ने दियाको॥
विष रस छाडि अम्रित पियाको॥
सुरनर मुनि सब सुरथ लगाउ॥
जबर्जस्ती होइन हाँसी षेली जाउ॥१०४॥

सार झिकी कह्याको जानि न जानी॥
दया धर्म नछोड्या मुशि होला तानी॥
नलेषु भन्या उदयको वानी॥
सब मिली भाक्ति गरौँ जानि न जानी॥१०५॥

अड़ा पनि मुनिहो चैतन्ने राष॥
अन्तेकाल भया पनि भक्ति रस चाष॥
वालष पन देषि फकिरी भयाको॥
सत्संगको मता लेपी कह्याको॥१०६॥

भय भर्म चञ्चल सबै पर भाग्यो॥
सातको निशान सन्सारमा जाग्यो॥
सबै भन्नु नहुन्या सुष्म कह्‌याको॥
उदयलहरी सिद्धान्त भयाको॥ १०७ ॥

नित्तेको फकिरी ज्ञानदिल दास॥
सबले गर्नु परंपदको आस॥
श्री सुभलगनमा उदय भयाको॥
चौतिस् साल वैशाषमा सब लेखिकहयाको ॥१०८।।

ब्रम्हज्ञानी जति छन् ताहिँ रह्‌याको॥
सतगुरू धनिका साथमा भयाको॥
धन्ने हौ मुनिसब चाँडै गरि सूज॥
होकि होइन तै पनि गम गरि बूझ ॥१०९॥

|| समाप्तम् ॥


This work was published before January 1, 1929, and is in the public domain worldwide because the author died at least 100 years ago.