भानुभक्तीय रामायणको बालकाण्ड

From Wikisource
Jump to navigation Jump to search

बालकाण्ड[edit]

एकदिन् नारद सत्यलोक् पुगि गया लोक् को गरुंँ हित् भनी।
ब्रह्मा ताहींँ थिया पर्‍या चरणमा खुशी गराया पनि।। क्या सोध्छौ तिमी सोध भन्छु म भनी मर्जि भयेथ्यो जसै। ब्रह्माको करुणा बुझेर ॠषिले विन्ती गर्या यो तसै॥

हे ब्रह्मा जति हुन् शुभाशुभ सबै सुनी रह्या छु कछु। बाँकि छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु ॥ आज लाज भयो कलि बखतमा प्राणी दुराचार भइ। गर्न्या छन् सब पाप् अनेक तरहका निच् काम खतिमा गइ ॥

साँचो बात गरि नकोइ अरु कोइ गर्नन् त निन्दा पनि। अर्काको धन खानलाई अभिलाष गर्नन् असल हो भनि ॥ कोहि जान् परस्तत्रीमा रत हुनन् कोही त हिंशामहांँ। देहलाई त आत्मा जानी रहलान् नास्तिक पशुझैँ तहाँ ॥